Logo
|
Saturday 27th April 2024
Logo

epaper

‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ सक्रिय: डब्लूएचओ



जनस्वास्थ्य सरोकार । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्। ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’ भेरियन्टको सहायक भाइरस ‘बीए.२’ फैलिरहेको जनाएका हुन्। ‘बीए.२’ ओमिक्रोन (बीए.१) जतिकै गम्भीर रहेको बताइएको छ।

डब्लुएचओको कोभिड-१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले खोपले ओमिक्रोनको विभिन्न स्वरुपमा पनि समान सुरक्षा प्रदान गर्ने बताए। रोयटर्समा लेखिएको समाचारमा पाभालिनलाई उद्धृत गर्दै भनिएको छ, ‘ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको छ।

डेनमार्कको तथ्यांकलाई आधार मान्ने हो भने बीए.२ ले बीए.१ लाई उछिनेको छ। तर रोगको भिन्नतामा कुनै गम्भीरता देखिएको छैन। यद्यपि बीए.२ ले विश्वव्यापीरूपमा बीए.१ लाई प्रतिस्थापन गर्ने सम्भावना छ।’
ओमिक्रोनको सहायक भाइरस (बीए.२)ले फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा सक्रिय रहेको डव्लुएचओका अधिकारी डा. बोरिस पाभलिनले बताएका हुन्।

https://www.reuters.com/business/healthcare-pharmaceuticals/omicron-subvariant-ba2-likely-have-same-severity-original-who-2022-02-01/

प्रतिक्रिया दिनुहोस्