कोरोनाका कारण स्थगित लोकसेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने

जनस्वास्थ्य सरोकार, काठमाडौँ । लोकसेवा आयोगले फागुन ७ गतेदेखि स्थगित परीक्षाहरू सञ्चालन गर्ने भएको छ ।
आयोगले कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगित गरिएका परीक्षाहरू सञ्चालन गर्न लागेको हो ।
आयोगले कोभिड–१९ महामारीको कारण स्थगित गरिएका उपसचिव वा सो सरह(अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू सञ्चालन गर्न लागेको जनाएको छ ।
आयोगले परीक्षाहरू सञ्चालनका लागि नयाँ तालिका समेत सार्वजनिक गरेको छ ।
loksewa-notice