Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

ओमिक्रोनको संक्रमणदर घट्दै: स्वास्थ्य मन्त्रालय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिनु भएको हो ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले पहिले एक जना मान्छेमा भएको भाईरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पार्नुभयो ।

प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराउनुभयो ।

उहाँले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराउनुभयो ।

‘पहिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ । भाईरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाईरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गथ्र्यौ भने त्यो दरचाँही अव विस्तारै घटिराखेको छ । र, यो अवस्था सबै प्रदेशमा छ ।’–प्रवक्ता मिश्रले भन्नुभयो ।

उहाँ थप्नुहुन्छ–’संक्रमण दर डिक्रिजिङ अवस्थामा छ । अनि मैले के जोड्न चाहे भने हाम्रो संक्रमण दर इन्डिया र चाईनासँग सधैं जोडेर हेरेका छौं हामीले । अनि इन्डियामा पनि आन्ध्र प्रदेशबाहेक सबै राज्यको संक्रमण दर विस्तारै घटिराखेको छ । सोही अनुसार हाम्रो पनि संक्रमण दर घटिराखेको छ । तथापि सतर्कता अनिवार्य छ । बढि सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ । स्वास्थ्य मापदण्ड अपराउने, भिडभाँडमा नजाने र खोप लगाउने काम गर्नु प¥यो । हाम्रो प्रक्षेपण चाँही के छ भने यसको दर घट्दो अवस्थामा छ ।’ न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्