पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त हुनुभएको छ ।
डा भट्टराईले आफू १२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।
उहाँले देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नेमा आभार व्यक्त गर्नुभयो । अब आफू सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्नुभएको छ ।