Logo
|
Thursday 18th April 2024
Logo

epaper

थप १ हजार ५७० जनामा कोभिड–१९ पुष्टि, १३ जनाको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा ११ हजार ३६५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुुुुसार ७ हजार ८७४ पिसीआर परीक्षण गर्दा १ हजार २२ जनामा र ३ हजार ४९१ नमुना एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

यस अवधिमा ६ हजार १४६ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १३ जनाको निधन भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११ जना रहेको छ । सक्रिय संक्रमितमध्ये ४८ हजार ८८३ जना होम आइसोलेसनमा र १ हजार २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५५ जना आइसियूमा र ४२ जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्