Logo
|
Thursday 18th April 2024
Logo

epaper

भारतमा ६७ हजार ५९७ जनामा कोभिड–१९ पुष्टि



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १ लाख ८० हजार ४५६ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ हजार १८८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ लाख ८५ हजार जना रहेको छ ।

भारतमा हालसम्म ४ करोड २३ लान जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ करोड ८ लाखभन्दा बढी संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी यहाँ महामारीको चपेटामा परेर ५ लाख ४ हजार जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्