Logo
|
Friday 29th March 2024
Logo

epaper

कोरोना संक्रमण दर ११ प्रतिशतमा झर्यो

१,३६९ जनामा संक्रमण, २२३८ निको, १२ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको अनुसार ११ हजार ८८० जनामा नमुना परीक्षण गर्दा १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार बिहिबार ११.५२ प्रतिशतमा पोजेटिभ देखिएको हो ।

यसैगरी सोही अवधिमा २२३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८६४ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित २९ हजार ४ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्