Logo
|
Wednesday 8th May 2024
Logo

epaper

फागुन १ गतेदेखि गण्डकी प्रदेशका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क पाइने



जनस्वास्थ्य सरोकार, पोखरा । गण्डकी प्रदेशभरि अब देखि रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगत खरिद बिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सबै प्रदेश सरकारले नै तिर्दिने भएपछि रगतका लागि रकम तिर्नु नपर्ने भएको हो ।

फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क पाइने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।

रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग प्रदेश सरकारले सम्झौता गर्नेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ मन्त्रिपरिषद्ले पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्