Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा संक्रमित भन्दा निको हुने बढ्दै, एक हजार ८२६ जना निको भइरहँदा ८ सय ३६ जना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट देशभर १ हजार ८२६ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्