तीन अंकमा झर्यो नयाँ संक्रमितको संख्या, मृतकको संख्या उस्तै

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालाबाट ६ हजार ३७ जनाको पीसीआर गर्दा ४ सय २७ जनामा र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ९४ जनामा गरी कुल ५२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ रहेको छ ।