Logo
|
Wednesday 8th May 2024
Logo

epaper

त्यो उपकरण जसले प्यारालाइसिस भएका एक व्यक्तिलाई बाबु बन्न सघायो



जनस्वास्थ्य सरोकार । स्वीजरल्याण्डका डेभिड ह्मजीलाई कुनै समय हिड्न असम्भव थियो । ह्मजी सन् २०१० मा एक खेल दुर्घटनामा परे । जिम्न्यास्टिक हान्ने क्रममा उनको मेरुदण्डमा ठुलो क्षति पुग्यो । त्यतिबेला उनी २२ वर्षका थिए । १२ वर्ष अगाडि भएको त्यो दुर्घटनापछि ह्मजीलाई पक्षघात भयो । उनी दुबै खुट्टा चलाउन नसक्ने भए ।


सन् २०१७ मा उनको मेरुदण्डमा एउटा विद्युतीय उपकरण (स्टिम्युलेटिङ इलेक्ट्रोड्स) जडान गरियो । जसको मद्धतले उनी उभिन र विस्तारै पाइला चाल्न सक्ने भए । उक्त उपकरण अन हुँदा उनी हिड्न सक्छन् । तर मेसिन अफ हुँदा भने उनी खुट्टा समेत चलाउन सक्दैनन् ।


उनले यो उपकरण दिनमा छोटो समयका लागि अन गर्छन् । जसले उनको मांशपेशीको अभ्यास गर्न सहयोग गर्छ र हिँड्ने अभ्यास गर्न पनि सहयोग गर्छ ।


यो अभ्यासले उनको स्वास्थ्यमा ठुलो परिवर्तन ल्याइदिएको छ । ह्मजी अहिले ३४ वर्षका भए । कुनै समय खुट्टा पनि चलाउन नसक्ने उनी अहिले सुन्दर परिवार बनाउन सफल भएका छन् । केही वर्ष अघि उनी बुबा पनि बने । उनको साथमा अहिले श्रीमती र छोरी छन् । अहिले छोरी पनि मज्जाले हिड्न सक्ने भइसकेकी छिन् । उनी हरेक दिन वाकरको सहयोगमा केहि समय आफ्नी छोरीसंग हिड्ने अभ्यास गर्छन् ।


स्वास्थ्यमा आएको सुधारले उनी काइटसर्फिड (पानी विहार) पनि गर्न सक्ने भएका छन् । उनले पाइला यताउती चालेर बोर्डलाई नियन्त्रण गर्न सक्छन् ।


उक्त उपकरण हरेक दिन नियमित रुपमा प्रयोग गर्न सकिदैन् । न्युरो साइन्टिष्ट एवं स्वीजरल्याण्डस्थित फेडेराले डी लुसाने युनिभर्सिटीका प्रोफेसर डा. ग्रेगरी कोर्टिन भन्छन् – ‘यो मेरुदण्डमा पुगेको क्षतिको पूर्ण उपचार चाहिँ होइन । तर यसले मानिसको जीवनस्तरको गुणस्तर सुधार गर्छ । हामी उनीहरुलाई उभिन सक्ने गरी सशक्त बनाउन गइरहेका छौँ । केही पाइला पनि चाल्न सक्छन् कि, तर यो यथेस्ट छैन । समस्या पूर्ण रुपमा समाधान भएको छैन । यो भविश्यका लागि महत्वपुर्ण विकास हो भन्ने मेरो विश्वास छ ।’


अहिले सम्म यस्ता उपकरणले ९ जना यस्ता मानिसलाई हिड्न अभ्यास गर्न सहयोग गरेको छ । त्यसले मांशपेशीको अभ्यास हुन्छ । यताउती हिडडुल गर्न सकिन्छ ।


ह्मजी भन्छन्–‘मैले यो न्युरोप्रोस्थेटिक (नक्कली स्नायू अंग) का रुपमा नभई तालिम दिने उपकरणको रुपमा प्रयोग गरिरहेको छु । विज्ञानमा सुधार हुँदै जान्छ, प्रविधि झन् झन् राम्रो बन्दै जान्छ । त्यसपछि म त्यो हरेक दिन प्रयोग गर्न सक्ने हुनसक्छु ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्