Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड प्रतिकार्यका लागि विश्व बैंकको २ अर्ब १४ करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट २ अर्ब १४ करोड रुपियाँ ऋण सहायता स्वीकार्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।

सरकारले यसअघि पनि विश्व बैंकबाट कोभिडविरुद्धको खोप खरिदका लागि ऋण सहायता स्वीकारेको थियो ।

त्यस्तै सरकारले औषधि दर्ता चौथो संसोधन नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्