Logo
|
Saturday 18th May 2024
Logo

epaper

कालीकोटमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन



जनस्वास्थ्य सरोकार, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख डा. रत्नवीर सुनारले जानकारी दिनुभयो ।


डा. सुनार भन्नुहुन्छ ‘नागरिकमा स्वाथ्यको पहुँच वृद्धि गर्नका लागि निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गर्ने योजना रहेको छ ।’

शिविरमा करिब १ सय जनाको स्वास्थ्य जाँच गरिएको र जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि सिफारिस गरिएको तिलागुफा नगरपालिका स्वास्थ्य सहायक नन्दा मल्लले बताउनु भयो ।


घुम्ती शिविरमा कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो मात्रा र बुस्टर डोजको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमिक्त प्रमुख डा सुनार बताउनु हुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले सबैलाई कोभिड–१९ विरुद्धको खोप दिने लक्ष्यसाथ घुम्ती शिविर सञ्चालन गर्दै आएको र जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविरलाई तीव्रता दिने डा. सुनार बताउनु हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्