Logo
|
Saturday 18th May 2024
Logo

epaper

११२८२ सक्रिय संक्रमित, १३९ आईसीयू र १९ जना भेन्टिलेटरमा

४ प्रतिशतमा झर्यो संक्रमणदर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ । जसमध्ये १० हजार ८१९ जना होम आइसोलेसनमा रहेका छन् भने ४६३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १३९ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्