Logo
|
Friday 19th April 2024
Logo

epaper

सहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर



जनस्वास्थ्य सरोकार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कोरोना महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा यादवविरुद्ध विशेष अदालतमा सोमबार मुद्धा दायर गरेको हो ।


पिसिआर परीक्षणको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरीको आधारमा आयोगले यादवमाथि छानबीन अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा यादवले अस्पतालको छाप आफूखुसी बनाई दुरुपयोग गरेको र कार्यालयको कम्प्युटरको फरेन्सिक परीक्षण गर्दा फेला पारिएका पीसीआर रिपोर्ट सबै नक्कली भएको फेला परेको थियो । आयोगको अभियोग पत्रमा अस्पतालमा भर्ना भएकाको स्वाब संकलन गरी त्यसको परीक्षण नगरी पैसा लिएर गलत पिसिआर रिपोर्ट दिएको, आफ्नै कार्यकक्षमा स्वाब संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा रकम लिई नेगोटिभ बनाइदिने गरेको, पिसिआर परीक्षण नै नगरेकालाई नेगोटिभ रिपोर्ट दिने गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्