Logo
|
Saturday 20th April 2024
Logo

epaper

थप ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने थप १ जनाको मृत्‍यु भएको छ । हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् । जसमध्‍ये ९ हजार ४०६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्