Logo
|
Saturday 18th May 2024
Logo

epaper

काभ्रेपलाञ्चोकको ७ स्थानीय तह कोरोना संक्रमण मुक्त



जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ७ स्थानीय तह कोरोना संक्रमण मुक्त भएका छन् । २ नगरपालिका र ५ गाउँपालिका कोरोना संक्रमणमुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप संक्रमित देखिएको छैन् ।

कोरोना संक्रमणमुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंरीदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक–एक सक्रिय संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नदेखिएको र बिहीबार १३ जना संक्रमणमुक्त भएका हुन् । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् ।

जिल्लामा हाल १६ सक्रिय संक्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार संक्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म सक्रमणदर भन्दा संक्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो ।

जिल्लामा हालसम्म १७ हजार ५५० मा संक्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना संक्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्