Logo
|
Thursday 25th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा २७५ जनामा सङ्क्रमण, ५५५ जना निको



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८,६२८ जनाको नमुना परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ५५५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या नौ लाख ५५ हजार ४५८ जना पुगेको छ । यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको र योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३२ जना पुगेको छ ।

अहिले नेपालमा नौ हजार २८० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २२ हजार ४९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्