Logo
|
Saturday 20th April 2024
Logo

epaper

मत्थर हुँदै कोरोना, संक्रमणदर एक प्रतिशतमा झर्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण मत्थर हुँदै गएको छ । ओमिक्रोनले भेरियन्टले ल्याएको कोरोनाको तेस्रो लहरमा ५३ प्रतिशतसम्म पुगेको संक्रमणदर घटेर एक प्रतिशतमा झरेको छ ।

गत माघ ५ गते संक्रमणदर हालसम्मकै उच्च ५२.६ प्रतिशत पुगेकोमा पछिल्लो २४ घण्टाको संक्रमणदर १.१४ प्रतिशत मात्रै देखिएको हो ।

आइतबार देशभरका प्रयोगशालाबाट ९ हजार ७१० नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ र ३ हजार २२४ जनाको एन्टीजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको हो । मन्त्रालयको यो तथ्याङ्कले संक्रमण बिस्तारै सामान्य अवस्थामा फर्किँदै गएको देखाउँछ।
नेपालमा सक्रिय संक्रमितको संख्या पनि ८ हजार ५१७ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्