Logo
|
Saturday 18th May 2024
Logo

epaper

राष्ट्रिय पेडियाट्रिक नर्सिङ सप्ताह सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय पेडियाट्रिक नर्सिङ सप्ताह आजदेखि सुरु भएको छ । पेडियाट्रिक नर्सेस एशोसिएसन अफ नेपालले बालबालिकाको हेरचाहका लागि पेडियाट्रिक नर्सको महत्व र यसको वकालत गर्ने उद्देश्य सहित सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो।

फागुन १६ देखि १७ गते मिडिया एड्भोकेसी, १८ देखि २० सम्म विभिन्न प्रदेशमा फोकल पर्सनको छनोट, २१ गते बालबालिकाको मानसिक स्वास्थ्य र अधिकार सम्बन्धी कार्यक्रम र २२ गते त्रिवि शिक्षण अस्पतालमा कार्यक्रमको समापन हुने एशोसिएसनले जनाएको छ।


यस साताव्यापी कार्यक्रमले पेडियाट्रिक नर्सिङको क्षेत्रमा महत्व बुझाउन र वकालत गर्न मद्दत पुग्ने एशोसिएसनको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्