Logo
|
Friday 19th April 2024
Logo

epaper

गंगालालमा मुलुकै पहिलोपटक ८० वर्षीया महिलामा सफल ट्रान्सक्याथेटर भाल्भ इन्फ्लान्टेसन !

अब महँगो शुल्क तिरेर विदेशमा उपचार गर्न जाननपर्ने कार्यकारी निर्देशकको जिकिर



जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा देशमै पहिलोपटक मुटुबाट निस्कने मुख्य धमनी साँघुरिएको (एओर्टिक स्टेनोसिस) समस्या लिएर आएकी ८० वर्षीया एक महिलाको ट्रान्सक्याथेटर भाल्भ इन्फ्लान्टेसन (टिभिआई) पद्धतिमार्फत सफल उपचार सम्पन्न भएको छ ।

उपचारपश्चात् ति महिलालाई शुक्रबार डिस्चार्ज गरी घर पठाइएको छ ।

पत्रकार सम्मलेनमा जानकारी गराउँदै केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी

यस उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार (क्याथेटर) द्धारा मानव निर्मित भाल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भाल्वको स्थानमा प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपण भएको भाल्वले तुरुन्तै काम शुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुनथाल्छ ।

बिरामीलाई बेहोस गरी छाति र मुटु चिरी शल्यक्रिया गर्ननपर्ने भएकाले कम्प्लिकेसनहरु न्यून हुने र बिरामीलाई चाँडै चिस्चार्ज गर्न सकिने उपचारमा संलग्न वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट एवं केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बताउनुभयो ।

शल्यक्रियाको तुलनामा यस पद्धकिो उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

ट्रान्सक्याथेटर भाल्भ इन्फ्लान्टेसन (टिभिआई) पद्धतिमा संलग्न गंगालालको टिम

वास्तवमा एओर्टिक स्टेनोसिस रोगले स्वाँ स्वाँ हुने, छाति दुख्ने र बेहोस हुनेजस्ता गम्भिर लक्षण देखिएका बिरामीहरुको दुईवर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशतले हुने अध्यनहरुले देखाएका छन् ।

यो रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाति तथा मुटु चिरेर भाल्व प्रत्यारोपण हो । तर विशेषगरी वृद्धवृद्धामा यस रोगसँगै अन्य प्रकारका जटिल रोग एवं शारीरक दुर्वलतासमेत हुने भएकाले छाति चिरेर शल्यक्रिया गर्दा बढी जोखिम हुने डा. अधिकारीले बताउनुभयो ।

उहाँले यस्ता बिरामीहरुको जोखिम न्यूनिकरण गर्न ट्रान्सक्याथेटर एओर्टिक भाल्व इम्प्लान्टेसन पद्धतिको विकास भएको स्पष्ट पार्नुभयो ।

ान्सक्याथेटर भाल्भ इन्फ्लान्टेसन (टिभिआई) पद्धतिमार्फत सफल उपचार

सन् २००२ मा सर्वप्रथम फ्रान्समा यस प्रविधिबाट उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा यो यो पद्धतिबाट नियमित उपचार हुँदै आएपनि हाम्रो देश नेपालमा यो प्रविधि भित्रिन सकेको थिएन ।

ट्रान्सक्याथेटर भाल्भ इन्फ्लान्टेसन (टिभिआई) का लागि भारतमा करिब ५० लाख आईसी तिरेर उपचार गराउन बाद्य भएका नेपालीहरुले २० देखि २५ हजार रुपियाँमा नै स्वदेशमै सेवा उपलब्ध गराउन पाएकोमा डा. अधिकारीले खुशी व्यक्त गर्नुभयो । अब यसले मुलुकमा निरन्तरता पाउने उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्