Logo
|
Friday 26th April 2024
Logo

epaper

निःशुल्क स्वास्थ्य शिविरमा ४ हजार ७ सय बालबालिकाले गराए उपचार



जनस्वास्थ्य सरोकार, बैतडी । दुर्गम क्षेत्रका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ४ हजार ७ सय ३ बालबालिकाले उपचार गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । दश पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक—एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्