Logo
|
Saturday 27th April 2024
Logo

epaper

मस्तिष्कलाई कसरी स्वस्थ राख्ने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मस्तिष्क धेरै संवेदनशिल अंग हो । जुन अन्य धेरै अंगहरुको कार्यको लागि जिम्मेवार हुन्छ । त्यसैले मस्तिष्कलाई सधैं स्वस्थ राख्न जरुरी हुन्छ । मानव मस्तिष्कमा ६० प्रतिशतभन्दा बढी बोसो हुन्छ । त्यसमा बोसोको आधा भाग ओमेगा–३ फ्याटी एसिडले बनेको हुन्छ । यो बोसोले तंत्रिका कोशिकाहरुलाई सुरक्षित राख्छ र तिनीहरुलाई ठिक सँग काम अनुमति दिन्छ । हामीले हाम्रो खानामा उपभोग गर्ने बोसोको प्रकारले मुटु, रक्तनली र मस्तिष्कको स्वास्थ्यमा असर पार्न सक्छ ।

त्यसैले हामीले ओमेगा–३ फ्याटी एसिड पाउने खानाहरु जस्तै माछा, कोड लिवर तेल, ब्ल्युबेरिजहरुमा ध्यान दिनुपर्छ । ब्ल्याकबेरिज जस्ता फलफुल खाँदा मस्तिष्को कार्यक्षमता बढ्छ र बुढ्यौलीसँग सम्बन्धित स्मरणशक्ति हानीबाट बच्न मद्धत गर्छ ।

नियमित शारीरिक व्यायामले मांसपेशी, हृदय र मस्तिष्कको रक्त प्रवाह सुधार गर्दछ । जसले तंत्रिका बृद्धि कारकहरुको उत्पदान र नयाँ मस्तिष्क कोषिकाहरुकोे निर्माणमा बृद्धि गर्न सक्छ । जुन सिक्ने र स्मरण शक्तिकालागि महत्वपुर्ण हुन्छ ।

निन्द्रा तपाईंको मस्तिष्कको स्वास्थ्यका लागि महत्वपुर्ण हुन्छ । त्यसैले तपाईंको मस्तिष्क स्वस्थ राख्न पर्याप्त ( सात देखि आठ घण्टा सम्म) निन्द्रा पुर्याउन आवश्यक हुन्छ ।

सामाजिक अन्तरक्रियाले मस्तिष्कको स्वास्थ्य सुधार गर्न र स्वास्थ बनाउन मद्धत गर्छ ।

धुम्रपान र मदिराको सेवनले मस्तिष्कको क्षतिको गम्भिरता बढाउँछ जसले मस्तिष्कको कार्यमा विभिन्न समस्याहरु निम्त्याउन सक्छ । त्यसैले आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न यी चिजबाट टाढा बस्न जरुरी हुन्छ ।

तनावले विकासशिल मस्तिष्कको निर्माणमा असर गर्छ । जसले मस्तिष्कका गतिविधिहरु जस्तै विचार, स्मरणशक्ति, भावना, स्पर्श, दृष्टि, सास फेर्न, तापक्रम, भाकमा हानि पुर्याउन सक्छ । त्यसैले स्वस्थ मस्तिष्कका लागि तनावबाट बच्न अत्यन्त जरुरी छ ।

तपाईंको मस्तिष्कलाई सधै सक्रिय राख्नु महत्वपुर्ण छ । वैज्ञानिकहरुका अनुसार कुनैपनि नयाँ वा चुनौतिपुर्ण गतिविधिहरुले नयाँ मस्तिष्कका कोषिकाहरु उत्पन्न गर्न र तिनीहरु बीचको सम्बन्ध बढाउन मद्धत पुग्छ ।

विभिन्न रोगहरु जस्तै मधुमेह, अत्यधिक कोलेस्ट्रोल, उच्च रक्तचाप, धुम्रपान, डिप्रेसन र मोटोपनाले मस्तिष्क क्षतिलाई बढाउने काम गर्छ । त्यसैले यस्ता रोगहरुको समयमै निदान गरेर उपचार गर्न जरुरी छ ।

(मस्तिष्क, मेरुदण्ड तथा स्नायु रोग विशेषज्ञ सह प्रा डा रागेश कर्ण न्युरो क्लिनिकमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्