५८ जना कोरोना संक्रमित थपिँदा १४८ जना निको

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालाबाट ३ हजार ५३९ जनाकोे पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९१९ रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा १४८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।