Logo
|
Friday 29th March 2024
Logo

epaper

मातातीर्थ आयुर्वेद औषधालयले सुरु गर्यो आफ्नै नवनिर्मित भवनबाट आयुर्वेद उपचार सेवा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतीबाट सेवा शुरु भएको छ ।

भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा संचालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।

भवनको उद्घाटन गर्दै चन्द्रगिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रसोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगरपालिकालाई स्वास्थ्य हवका रुपमा विकास गर्ने बताउनुभयो ।

नगरप्रमुख गिरीले नगरपालिकाको वडा ६,८ र १२ गरि ३ स्थानबाट आयुर्वेदिक सेवा प्रदान हुने र आयुर्वेद सम्बन्धि उत्पादन र बजारीकरण कार्यमा पनि नगरपालिकले पहली कदम चाल्ने र सबै वडामा सेवा बिस्तार गर्ने बताउनुभयो । उहाँले जर्मनी विकास बैंकको सहयोगमा १ अर्बको प्रसुति विषेशज्ञ अस्पतालको पनि सम्झौता भैसकेको बताउनुभयो ।

मातातीर्थ आयुर्वेद औषधालय प्रमुख नारायण आचार्यले औषधालयले आयुर्वेदिक औषधी निशुल्क उपलब्ध गराइने बताउनुभयो। उहाँले आयुर्वेद उपचारप्रति विश्वास बढ्दै गएकोले मातातीर्थ आयुर्वेद औषधालयले चन्द्रागिरी नगरपालिका लगायत सबै लाभान्वत हुने बताउनुभयो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले स्वस्थ जिवनशैलीका लागि आयुर्वेद महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा आयुर्वेद काउन्सिलका अध्यक्ष डा सन्तोष ठाकुर, स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा बाबुराजा अमात्य तथा डा सिद्धार्थ ठाकुरले आयुर्वेदिक उपचार बारे जानकारी दिनुभएको थियो।

चन्द्रगिरी नगरपालीका वडा नंम्बर ८ का वडाध्यक्ष सन्तोष खड्काले लामो समयको पर्खाई र मेहनतमा भवन तयार भएको भन्दै सबैलाई सेवा लिन आग्रह गर्नुभयो ।

आधुनिक जीवनशैली सँगै पछिल्लो समय आयुर्बेद पद्धती बाट उपचार र स्वास्थ्य सेवा लिनेहरुको संख्या बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्