Logo
|
Saturday 20th April 2024
Logo

epaper

टाइफाइड विरुद्दको खोप अभियान आजदेखि सुरु, प्रधानमन्त्री देउवाद्धारा उद्घाटन



जनस्वास्थ्य सरोकार काठमाडौँ । बालबालिकालाई दिइने टाइफाइड विरुद्दको खोप अभियान आजदेखि सुरुभएको छ । ५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने सो खोप अभियान आगामी वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रमबीच सो खोपको उद्घाटन गर्नुभयो ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्