Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन सम्पन्न



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन सम्पन्न भएको छ ।

काठमाडौँमा सम्पन्न भएको तीन दिने सम्मेलन वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण सङ्कलनको कार्यमार्फत नीति तर्जुमा कार्यलाई सहज बनाउन सङ्घीय संरचनामा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ।

त्यस्तै सम्मेलनले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई अनुसन्धान, शिक्षण संस्था र उद्योगलगायत निकायसँग समन्वय गर्ने, बायोमेडिकल, एपिडेमिलोजिकल, क्लिनिकल अनुसन्धानका कार्यलाई विभिन्न सरोकारवाला निकायसँग संयोजन गरी प्रमाणमा आधारित नीति र कार्यक्रम तर्जुमा गर्ने, जलवायु परिवर्तनका सम्भावित खतरा, प्राकृतिक विपत्ति र उदीयमान सरुवा रोगको पहिचान र नियन्त्रण योजना बनाउनलाई आवश्यक नवीन प्रविधि प्रयोग गर्ने उल्लेख गरिएको छ।

यस्तै मातृशिशु तथा बाल स्वास्थ्य कार्यक्रमको माध्यमबाट मृत्युदर न्यूनीकरणका लागि बहुपक्षीय प्रयत्नलाई सुदृढ गराउने उल्लेख गरिएको छ । परिषद्ले सम्मेलनमा स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने चिकित्सक र अनुसन्धानकर्तालाई अबार्ड प्रदान गरेको छ।

मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार डा रीता थापालाई प्रदान गरिएको छ । यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओरेन्टेशन अवार्ड डा रीता थापा, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर अवार्ड चिकित्सातर्फ डा अपेक्षा निरौला, लाइभ टाइम अचिभमेन्ट अवार्ड प्रा डा मदनप्रसाद उपाध्यायलाई, सबैभन्दा बढी लेख प्रकाशन गर्ने अनुसन्धानकर्तालाई दिइने उत्कृष्ट कृति पुरस्कार डा गुणराज ढुङ्गाना प्रदान गरिएको छ ।

यस्तै हेल्थ रिसर्चर अवार्ड डा सरुणा घिमिरे, बेस्ट रिसर्च पेपर अवार्ड पोस्टर प्रस्तुतीकरणतर्फ सोनिया श्रेष्ठ र ओरल प्रिजेन्टेसनतर्फ डा रभा थापालाई प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्