Logo
|
Wednesday 8th May 2024
Logo

epaper

मेरुदण्ड शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा मेरुदण्डको शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली न्यूरो सर्जरी समाजले उक्त दुइ दिने सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रुस, भारतलगायत देशका न्यूरो सर्जनहरु सहभागी थिए ।

सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’ अभ्यास गराइएको छ । नयाँ चिकित्सकहरुलाई दुरबिनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया गर्ने सीप सिकाउन शवमाथि नै अभ्यास गर्ने गरी प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।

केएमसीका वरिष्ठ न्यूरो सर्जन प्रा. डा. अमित थापाले यस्तो मेरुदण्ड शल्यक्रिया सम्बन्धि प्रशिक्षण नेपालमै पहिलो पटक गरिएको बताउनुभयो । इण्डोस्कोपिक विधिबाट मेरुदण्डको अप्रेशन सम्बन्धि प्रशिक्षणमा अहिलेसम्म नेपालमा शवमा अभ्यास गराएर सिकाइएको थिएन । सम्मेलनमा सहभागिहरुलाई केएमसीका वरिष्ठ न्यूरो सर्जन प्रा.डा. थापा र प्रा. डा.माल्कम पेस्टोनजीले सीप सिकाउनुभएको थियो ।

कार्यक्रममा १ सय १८ चिकित्सक सहभागि थिए । इन्टरनेटका माध्यमबाट पनि १ सय ७५ जना सहभागि भएको आयोजकले जनाएको छ । सम्मेलनका लागि विश्वविद्यालय अनुदान आयोगले पनि सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्