Logo
|
Friday 19th April 2024
Logo

epaper

ट्राभल मेडिसिनमा जम्दै गरेका डा. गिर्वाण : अत्याधुनिक अस्पतालमा विदेशीको उपचार



डा. गिर्वाणराज तिमिल्सिना/अध्यक्ष,मेडिकल डाइरेक्टर, श्रीद्धि इन्टरनेशनल हस्पिटल

‘पढाइको सिलसिलामा मैले डेनमार्क जस्ता देशमा आधा दशक बिताएँ । त्यहाँ युरोपियन स्तरका हस्पिटल कस्ता छन् ? विदेशी लक्षित हस्पिटल कस्ता हुन्छन् ? लगायतका पक्ष बुझ्ने र जान्ने मौका पाएँ । सोही अनुसार मुलुकमा विदेशीको भरपर्दो उपचार गर्ने अत्याधुनिक हस्पिटल स्थापना गर्न सफल भएको छु । नेपाली भएर उपचारको आवश्यकता परेका विदेशी नागरिकलाई भरपर्दो अत्याधुनिक उपचार सेवा दिनुपर्छ भन्ने मेरो मान्यता हो’

सृजनशील युवा चिकित्सक डा. गिर्वाणराज तिमल्सिना श्रीद्धि इन्टरनेशनल हस्पिटलका अध्यक्ष हुनुहुन्छ । उहाँले यसलाई श्रीद्धि इन्भेष्टमेन्ट अन्तर्गत सञ्चालनमा ल्याउनुभएको छ । पेशाले डा. गिर्वाण फिजिसियन हुनुहुन्छ ।
सन् २०१६ मा ठमेल क्षेत्रमा ३ जना साथीको सहयोगमा एरा हस्पिटल सञ्चालन गर्नुभएका गिर्वाणले अहिले आफ्नै स्वामित्वमा यो श्रीद्धि हस्पिटल सञ्चालनमा ल्याउनुभएको हो ।

नेपालमा एउटा राम्रो ट्राभल मेडिसिन अस्पतालको खाँचो छ भन्ने सोचेर ट्राभल मेडिसिनबारे अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट उहाँले तालिम लिनुभएको छ । साथै गिर्वाणले नेपालमा इएमएस (इमर्जेन्सी मेडिकल सर्भिस) सेवा दिँदा हेलिकोप्टरबाट एक ठाउँबाट अर्को ठाउँमा लाँदा पर्ने सेवा सुविधाका बारेमा थायल्यान्डबाट ट्राभल मेडिसिनमा थप अध्ययन र तालिम लिनुभएको छ ।


श्रीद्धि इन्भेस्टमेन्ट कम्पनीमार्फत हेलिकोप्टर, शिक्षा र हाइड्रोपावरमा लगानी छ डा. गिर्वाणको । यस कम्पनिका सञ्चालक हुनुहुन्छ उहाँ ।

अस्पताल गेटभित्र छिर्दा..
पर्याप्त पार्किङ सुविधा, पार्किङ वरपरका डिलहरुमा ढकमक्क फूलहरु, आफ्नै क्याफेटेरिया, औषधि पसलको सुविधा । अस्पतालको वरपर भएका रुखहरुले हरियाली वातावरणको आभाष दिलाउँछ । भँगेराहरुको चिरीबिरीले मनलाई शान्त दिलाउँछ । वास्तावमा यो अस्पताल विदेशी पर्यटकहरुको उपचारमा समर्पित छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासको उत्तरगेटको पश्चिमतिर करिब २ सय मिटर हिँडेपछि पुगिन्छ श्रीद्धि इन्टरनेशल हस्पिटल जुन ४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

जब ढोका खुल्छ…

भित्ताहरु आकर्षक पेन्टिङले सजिएका छन् । आर्ट ग्यालरीजस्तो । बिरामी बस्ने कोठाहरु फाइभस्टार होटेलका जस्ता । सबै अत्याधुनिक रिमोर्टवाला वेडहरु छन् ।सबै बेडमा मोनिटरयुक्त उपकरण छन् । मेडिकल उपकरणहरु अत्याधुनिक र विश्वस्तरीय । अस्पतालमा हस्पिटालिटी र उत्कृष्ट सेवाको प्रवन्ध छ । यो विदेशी ट्राभलरहरुको लागि विशेष २५ वेडको अस्पताल हो ।

नेपाल घुम्न आउने सबैजसो पर्यटकहरुको स्वास्थ्य बिमा हुने भएकाले अल्टिटयुड सिक्नेस, ट्रमा भएर पर्यटक अस्पताल आउँदा हेली रेस्क्युदेखि सम्पूर्ण उपचार बीमाले व्यहोर्छ । श्रीद्धिमाप्राय सबै विभाग छन् । यहाँश्रीद्धि आईभिएफ सेन्टर पनि सञ्चालनमा आउँदैछ । विश्वभर मान्यता प्राप्त खोप उपलब्ध गराउने व्यवस्था पनि मिलाइँदैछ । करोडौंको लगानीमा खुलेको श्रीद्धि अस्पतालमा आवश्यक सम्पूर्ण चिकित्सक, नर्सलगायतका सबै जनशक्तिको व्यवस्था छ ।

विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउँदा सामान्य फूड पोइजनिङदेखि विभिन्न जटिल समस्याको समेत सामना गर्नुपर्ने हुनसक्छ । यसरी विदेशी पर्यटकहरु कुनै न कुनै स्वास्थ्य समस्याको मारमा परेको अवस्थामा मुलुकमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा विदेशी पर्यटकहरुलाई उपचार सेवा दिने व्यवस्था राम्रोसँग मिलाइएको कमै पाइन्छ । नेपालका केही अस्पतालहरुले विदेशी पर्यटकहरुको उपचार गर्नेतर्फ अग्रसरता देखाएको भएपनि विदेशीका लागि मात्र भनी खोलिएका अस्पताल भने निकै कम छन् ।

एकातिर नेपालका अस्पतालहरुमा विदेशी पर्यटकहरुलाई कुन तरिकाले उपचार सेवा दिने भन्ने त्यति ज्ञान छैन भने अर्कोतिर उनीहरुका लागि आवश्यक पर्ने पर्याप्त भौतिक पूर्वाधारहरुको व्यवस्था मिलाइएको पनि पाइँदैन । मुलुकमा विदेशी पर्यटकहरु भित्र्याउने सरकारी लक्ष्यलाई केहीहदसम्म सहयोग पु¥याउनु हामी सबैको कर्तव्य हो । विदेशी पर्यटक लक्षित हस्पिटलका लागि महँगो लगानी चाँहिदैन । सेवा र सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ ।

विदेशी पर्यटकहरुको स्वास्थ्य सुविधाका लागि अत्याधुनिक एम्बुलेन्स सेवाको जरुरत पर्छ उनीहरु हिँडिरहन चाँहदैनन । आफू बसेको होटलमा नै स्वास्थ्य सुविधा लिन चाहन्छन् । अस्पताल भर्ना गर्नुपर्ने अवस्था भएमा रोगको प्रकृति र बिरामीको अवस्था अनुसार गर्नुपर्ने हुन्छ । यसरी विदेशी पर्यटकको उपचार गर्दा सबै विभागका चिकित्सकहरुबीच छलफल गर्नुपर्छ । यसरी विदेशी पर्यटकले भरपर्दो सेवा प्राप्त गर्न सक्छन् ।

अत्याधुनिक डाटा प्रयोग
जब उपचारको सिलसिलामा विदेशी पर्यटकहरु यस हस्पिटलमा आउँछन् । त्यसपछि बिरामीको रोगको आधारमा उनीहरुलाई भर्ना गरिन्छ । उक्त बिरामीको डाटामा बिरामीको कोड सबै व्यक्ति विवरणहरु इनपूट भएर फोल्डर बनेपछि उक्त बिरामीलाई कोड नम्बर दिइन्छ । त्यसपछि त्यस बिरामीको सबै विवरण उक्त कोड नम्बर राखेपछि सम्बन्धित चिकित्सकको कम्प्युटरमा मात्र हेर्न मिल्ने हुन्छ । यो डाटामा हरेक दिनका ल्याब रिपोर्टहरु अपडेट गरिएको हुन्छ । डाक्टरले गरेको प्रत्येक दिनको राउण्ड नोट अपडेट गरिन्छ । यसका साथै प्रोग्रेस रिपोर्ट पनि अपडेट भइरहेको हुन्छ । यसबाट विदेशी इन्स्योरेन्स कम्पनि र उक्त बिरामीको फेमिली फिजिसियनले आफ्नो बिरामीको अवस्थाबारे आफ्नो देशबाट थाहा पाउँछ । यसका लागि उनीहरुलाई उक्त बिरामीको फाइल कोड नम्बर दिनुपर्छ । विदेशी पर्यटको उपचारको सिलसिलामा विगतको सम्पूर्ण स्वास्थ्य समस्या बारेमा जानकारी लिनुपर्ने हुन्छ । यसका लागि उक्त बिरामीको फेमिली फिजिसियनसँग पनि सम्पर्क गरी बिरामीको विगतको अवस्थाबारे सम्पूर्ण जानकारी र सल्लाह लिने गरिन्छ । यसले सम्बन्धित बिरामीको उपचारमा थप मद्धत पुग्छ र बिरामीको भरपर्दो उपचार हुन्छ ।

अन्त्यमा
पर्यटकको उपचार गर्ने अस्पतालमा पाँच तारे होटेलको जत्तिकै सुविधाको व्यवस्था मिलाउनुपर्छ । सुविधासम्पन्न डिलक्स वेड, २४ सै घण्टा वाइफाई, एम्बुलेन्स, फार्मेसी सेवाको सुविधा हुनुपर्छ । अस्पताल २५ वेडको भएपनि इमर्जेन्सी युनिट अत्याधुनिक सुविधा सम्पन्न भएकाले धेरै विदेशी पर्यटकहरु उपचारका लागि आकर्षित भएका छन् ।

रोग निको हुँदै गएपछि विदेशीहरु एउटै वेडमा बसिरहन चाँहदैनन् । उनीहरु एक अर्कासँग कुरा गर्न चाहन्छन् । उनीहरुबीच एक आपसमा परिचय गर्ने, समय तालिका अनुसार औषधि खाने, चिया, कफी पिउनेलगायतका सुविधा खोज्छन् । यो सुविधालाई मध्यनजर गरी छुट्टै क्याफेटेरिया बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्