Logo
|
Sunday 5th January 2025
Logo

epaper

आधिकारिक दर्ता भएका फूड सप्लिमेन्टहरु फिर्ता गर्न एनएनसिएको आग्रह

जफत भएका सामाग्री व्यवसायीले फिर्ता लिन सक्ने वाणिज्य विभागका महानिर्देशक राजन पौैडेलको भनाइ



नेपाल हेल्थ न्युज चितवन । नेपाल आहारपूरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) ले आधिकारिक दर्ता भएका फूड सप्लिमेन्टहरु फिर्ता गर्न आग्रह गरेको छ ।


वाणिज्य आपूर्ति तथा उपभोक्त विभाग पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, उपभोक्ता संरक्षण मञ्चको संयुक्त टोलीले फार्मेसी अनुगमनका क्रममा चितवनका फार्मेसीहरुबाट म्याद नाघेका र दर्ता नभएका औषधि तथा फुड सप्लिमेन्टहरु केही दिन अघि जफत गरेको थियो ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डीएफटीक्युसी) मा दर्ता भएका सप्लिमेन्टहरु पनि जफत भएको व्यसायीहरुको गुनासोपछि नेपाल आहारपूरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) ले वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागका महानिर्देशक राजन पौैडेलसँग भेट गरी आधिकारिक दर्ता भएका फूड सप्लिमेन्टहरु फिर्ता गर्न आग्रह गरेको छ ।


कानूनको परिधिभित्र रही डिएफडीक्युसीमा दर्ता गरी नेपाल सरकारलाई राजस्व तिरी कानून सम्मत आयात गरी बिक्री वितरण गरेका डायटरी सप्लिमेट अनुगमनको क्रममा भुलबस जफत भएको छ भने प्रोडक्ट दर्ताको आधिकारिक दर्ता प्रमाणपत्र सहित उपस्थित भएर उक्त सामाग्री सम्बन्धित कार्यालयबाट उपलब्ध गराउन महानिर्देशक पौडेललाई एनएनसिएका केन्द्रीय अध्यक्ष विप्लव रञ्जित र महासचिव सुरज पौडेलले अनुरोध गर्नुभएको थियो । महानिर्देशक पौडेलले उक्त सामाग्री व्यवसायीले फिर्ता लिन सक्ने प्रतिवद्धता जनाउनुभएको एनएनसिएका अध्यक्ष रञ्जितले जानकारी गराउनुभयो । उहाँले एनएनसीए कानुनको परिधि भित्र रहेर काम गर्ने व्यवसायीको पक्षमा रहेको र त्यसका लागि वाणिज्य विभागसँग समन्वयन र सहकार्य गर्न सधैँ तयार रहेको बताउनुभयो ।


दर्ता भएकासामाग्रीहरु दर्ता प्रमाणपत्र सहित सम्बन्धित कार्यालयमा लिन सकिने हुनाले सोही अनुसार गर्नुहुन एनएनसीएका महासचिव सुरज पौडेलले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्