Logo
|
Thursday 28th March 2024
Logo

epaper

निर्वाचनको दिन मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन वैशाख ३० गते मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ ।

मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि भोट हाल्नुपर्ने भएकाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकोले सो दिन खोप कार्यक्रम सञ्चालन नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

‘निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने भएकोले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ।’-मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा कोभिड १९ विरुद्ध नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।

यसअघि मन्त्रालयले मतदान केन्द्रमा कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने बताएको थियो । तर निर्वाचन आयोगले उक्त कार्यक्रम मतदानस्थलमा सम्भव नहुने जानकारी मन्त्रालयलाई गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्