Logo
|
Friday 26th April 2024
Logo

epaper

उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड



जनस्वास्थ्य सरोकार, काठमाडौँ । उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ। सो मापदण्ड अनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ। यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन। तर पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ।

यहाँ शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो। उत्तर कोरियालमा पछिल्ला केही दिनहरुमा ज्वरोका विरामी बढेका पाइएको छ। ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ। यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ। 

उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ती ज्वरोका विरामीहरुको उपचारका काम भएको छ। यहाँ ज्वरो आउने विरामीको संख्या बढ्दै गएको पनि बताइएको छ। ती ज्वरोका विरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको बताइएको छ।

यहाँका नागरिकले कोभिड विरुद्धको खोप लगाइएको छैन। यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। उत्तर कोरियाको राजधानीमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो। त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिए अनुसार देशव्यापी रुपमा लकडाउन भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्