अमेरिकाको ह्वाइट हाउसका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीलाई कोरोना संक्रमण
जनस्वास्थ्य सरोकार । अमेरिकाको ह्वाइट हाउसका प्रमुख चिकित्सा सल्लाहकार एवं संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीलाई कोरोना संक्रमण भएको छ । उहाँमा कोरोनाका हल्का लक्षण देखिएकाले केही दिन अलग्गै बस्ने र घरबाट नै कामलाई निरन्तरता दिने जनाइएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको कोरोना गाइडलाइन्स र डाक्टरको सल्लाहलाई पालना गर्ने उल्लेख गर्दै उहाँले कोरोनाको सबै डोज लगाइसको उहाँको कार्यालयले बताएको छ ।
यसअघि, फाउचीले अमेरिकामा कोरोनाविरुद्ध लड्न चौथो डोज आवश्यक हुनसक्ने संकेत गरेका थिए।