Logo
|
Thursday 23rd March 2023
Logo

epaper

बेलायतमा नेपाली नर्सलाई पठाउने सम्झौताको मस्यौदा मन्त्रीपरिषदद्वारा स्वीकार 



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि द्विपक्षीय सम्झौताको मस्यौदालाई अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मस्यौदा स्वीकृति भएको बताउनुभयो । उक्त मस्यौदामा नेपाल तथा यूके सरकार सरकारबीच (जीटूजी) सम्झौताको प्रस्ताव गरिएको छ।

गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौतालाई अघि बढाउन स्वीकृति दिएको थियो । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले नेपालले यूकेमा १० हजार नर्सहरू पठाउनका लागि पहल गरिरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्