Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौंमा थप २ जनामा हैजा पुष्टि




जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा थप २ जनामा हैजा देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत काठमाडौं बागबजारका थप दुई जनामा हैजा पुष्टि भएको हो । यसअघि बागबजारमै बस्ने दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौंमा हैजा फैलन सक्ने जोखिम बढेको बताउनुभयो ।

भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो । यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खाने कुरा खान सकिन्छ । उमालेको वा शुद्धीकरण गरिएको पानी मात्रै पिउन र स्वस्थ खानेकुरा खान डाक्टरको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस्