देशभर १८८ जना कोरानाका सक्रिय संक्रमित, आज कसैको पनि ज्यान गएन
जनस्वास्थ्य सरोकार, काठमाडौं । शनिबार २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार, यो अवधिमा कसैको मृत्यु भएको छैन।

२४ घण्टाको अवधिमा ९ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा २३ जना र ८६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो अवधिमा १६ जना संक्रमित निको भएका छन् । हाल देशभर १८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।