आज ४१ जना नयाँ संक्रमित, सक्रिय कोरोना संक्रमितको संख्या २०८

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्ले २४ घण्टामा ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
२ हजार ३३७ पीसीआर र १ हजार २१ एन्टिजेन विधिबाट गरिएका नमूनाको परीक्षणमा पीसीआरबाट २६ र एन्टिजेनबाट ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । हाल तीन जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जनाइएको छ ।