Logo
|
Tuesday 19th March 2024
Logo

epaper

क्यानडामा मङ्कीपक्सका २७८ बिरामी भेटिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पोक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् । 

ब्रिटिस कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू  दर्ता  भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् ।  मङ्की पोक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने  बताइएको छ । 

उनले भनिन् जुन कुनै लिङ्ग, उमेर समूहको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकांश सङ्क्रमितहरू २० देखी ६९  उमेर समूह भित्रका छन् ।  

यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्