Logo
|
Tuesday 21st March 2023
Logo

epaper

काठमाडौँ उपत्यकामा थप ३ जनामा हैजा पुष्टि

हैजाका बिरामीको संख्या १७ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार हैजा पुष्टि हुनेमा १२ पुरुष र पाँच महिला छन् । हाल पाँच जनाको उपचार भइरहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

असार २ गते पहिलोपटक बागबजारमा बसोवास गर्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्