भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा. बद्री चापागाईँ

जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा चर्म रोग विशेषज्ञ डा. बद्री चापागाईँ नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा चापागाईँलाई नेपालगञ्जस्थित भेरी अस्पतालको मेसुमा नियुक्त गर्नुभएको हो ।