Logo
|
Wednesday 24th April 2024
Logo

epaper

चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको दोस्रो पूर्व भर्ना सूचि प्रकाशित



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको दोस्रो पूर्व भर्ना सूचि प्रकाशित गरेको छ ।

आयोगले एमबीबीएस, बीडिएस, नर्सिङ, फार्मेसी, पव्लिक हेल्थ, पफ्र्युजन टेक्नोलोजी, बीएस्सी एमआइटी, बीएस्सी एमएलटी आदिमा पहिलो चरणको भर्ना पश्चात् बाँकी रहेका सिटहरुमा उम्मेदवारहरुको योग्यता र प्राथमिकताका आधारमा म्याचिङ हुने उम्मेदवारहरुको दोस्रो पूर्व भर्ना सूचि प्रकाशित गरेको हो ।

यसरी पूर्व भर्ना सूचीमा परेका उम्मेदवारहरुले आयोगको वेभसाइटमा गएर आफ्नो अनलाइन प्रोफाइलमा प्रवेश गर्नुपर्नेछ । अनलाइन प्रोफाइलमा प्रवेश गरेपछि आगामी २५ गतेभित्र सो विषयमा अध्ययनका लागि स्वीकार गर्ने वा नगर्ने वटन क्लिक गरी आयोगलाई जानकारी गराउन आयोगले आग्रह गरेको छ ।

आफूले स्वीकार गरेर भर्ना सूचीमा नाम प्रकाशन भएपश्चात् सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानमा अनिवार्य भर्ना हुनुपर्नेछ । भर्ना सूचिमा नाम प्रकाशित भइसकेपछि भर्ना भए वा नभएमा पनि उसको नाम सम्पूर्ण शैक्षिक कार्यक्रमको सूचीबाट हटाइने छ र वैदेशिक अध्ययनका लागि अनुमति समेत उपलब्ध गराइने छैन । अस्वीकार गरी म्याचिङको सूचिबाट हटेका उम्मेदवारहरुलाई दोस्रो चरणको भर्नापश्चात् सिट रिक्त हुन आएमा हाल म्याचिङ भएको प्राथमिकताक्रम भन्दा अघिल्लो प्राथमिकताक्रमको सिटमा मात्र म्याचिङ हुनसक्ने गरी पछिल्लो चरणको म्याचिङमा समावेश हुने अवसर प्रदान गरिनेछ ।


एकभन्दा बढी कार्यक्रमको म्याचिङको सूचीमा परेका विद्र्याीहरुले तोकिएको समयमा अस्वीकार वा परित्याग नगरी एक भन्दा बढी कार्यक्रम स्वीकृत हुने अवस्थामा त्यस्तो उम्मेदवारलाई कुनै पनि शैक्षिक कार्यक्रमको कुनैपनि चरणको म्याचिङमा समावेश नगरिने आयोगले जनाएको छ ।

जस्तोः कुनै उम्मेदवारले एमबीबीएस, बीडीएस र बीपीएचमा पूर्व मनोनयन भएको अवस्थामा एमबीबीएस अध्ययन गर्नेभए त्यसमा स्वीकार गरी बीडीएस र बीपीएचमा अनिवार्य रुपमा परित्याग गर्नुपर्छ । अन्यथा सबै शैक्षिक कार्यक्रमबाट नाम हटाइनेछ । म्याचिङ भएको सिट स्वीकार गरी, अस्वीकार वा परित्याग नजनाई भर्ना सूचीमा नाम समावेश भएपश्चात् उक्त सिटमा भर्ना हुने वा नहुने उम्मेदवारहरु यस शैक्षिक सत्रको कुनै पनि शैक्षिक कार्यक्रम (वैदेशिक अध्ययनसमेत) मा सहभागी हुन पाउने छैन । पूर्व भर्ना सूचीमा नाम समावेश भएका उम्मेदवारले अस्वीकार वा परित्याग गरी सिटहरु रिक्त हुन आएमा यस पूर्वभर्ना सूचीको सिट स्वीकार गरेका उम्मेदवारहरुलाई म्याचिङ भएको सिटभन्दा अघिल्लो प्राथमिकताका सिटमा पुनः म्याचिङ गरी तोकिएको समयभित्र दोस्रो भर्ना सूची प्रकाशिन गरिनेछ । एकपटक स्वीकार गरिसकेपछि पुनः स्वीकार गर्न आवश्यक छैन ।


पूर्वभर्ना सूचीमा नाम समावेश भएका उम्मेदवारहरुलाईसूचनामा तोकिएको समयभित्र स्वीकार वा अस्वीकार वा परित्याग गर्न अवसर दिइले आयोगले उल्लेख गरेको छ । आफ्नो योग्यताक्रमभन्दा निकटम माथिल्लो योग्यताक्रममा रहेका उम्मेदवारहरुको म्याचिङ भएको रहेछ भने निकटम योग्यताक्रममा रहेका उम्मेदवारहरुले समेचतनापूर्वक पूर्व भर्नासूचीको सूचना अनुशरण गर्न आयोगले अनुरोध गरेको छ ।

वैदेशिक अध्ययन अनुमतिपत्र लिई अनुमतिपत्र रद्ध नगरेका तर भर्ना सूचीमा नाम समावेश भएको पाइएमा त्यस्ता उम्मेदवारको भर्ना रद्ध गरिनेछ । आफूले प्राथमिकता निर्धारण नगरेको शिक्षण संस्था र कार्यक्रम आफूभन्दा पछिल्लो योग्यताक्रमको उम्मेदवार म्याचिङ भएमा कुनै पनि दावी नलाग्ने आयोगले बताएको छ ।
आयोगले यसअघि असार १५ गते पहिलो चरणको पूर्व भर्ना सूचि प्रकाशित गरेको थियो ।

chikita-shikshya-second-admissio

प्रतिक्रिया दिनुहोस्