Logo
|
Saturday 27th April 2024
Logo

epaper

धुम्बाराहीमा ७ करोड लगानीमा ‘क’ वर्गको अत्याधुनिक ल्याब



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बाराहीमा ७ करोड रुपियाँ लगानीमा ‘क’ वर्गको अत्याधुनिक एपोलो डायग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । यो क्लिनिकल प्याथोलोजी ल्याव हो । मेडिकल र नन् मेडिकल गरी ९ जनाको लगानी रहेको सो सेन्टर भर्खर मात्र सञ्चालनमा आएको हो । सेन्टरले होम कलेक्सन र डेलिभरीको समेत व्यवस्था गरेको छ । यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।


सेन्टरका प्रबन्ध निर्देशक विनोद रेग्मीका अनुसार, गुणस्तरमा विशेष जोड दिइएको छ । सेन्टरमा दक्ष प्राविधिक जनशक्ति र उच्च श्रेणीका उपकरण रहेका छन् । परीक्षण सेवा विश्वसनीय छ । क्लिनिकमा आउने बिरामीहरुलाई आत्मीय व्यवहार हुने गर्छ ।


‘नेपालमा पहिलेदेखि नै प्रयोगशालापिच्छे फरक रिपोर्ट आउने घटना बारम्बार सुनिन्थ्यो । दुर्लभ रोगको परीक्षण गर्न विदेश जानुपर्ने बाद्यता थियो । कतिपय प्रयोगशालाले समयमै ल्याव रिपोर्ट नदिँदा बिरामीको स्वास्थ्यमा प्रतिकुल असर परेका घटनाहरु बाहिर आउँथे ।

यसबाट ल्याव परीक्षणका लागि विदेश पठाउनुपर्ने बाद्यता अन्त्य गर्नसके बिरामीको समय र पैसा दुबै बचत हुने कुन मनमा सधैँ खड्किरहन्थ्यो’—प्रबन्ध निर्देशक रेग्मी भन्नुहुन्छ—‘यसरी उपकरण, गुणस्तरीयता र प्राविधिक टिमसँग कुनै सम्झौता नगरी विश्वसनीय प्रयोगशाला ल्याउन सफल भएकोमा निकै खुशी छौं ।’


सेन्टरले नमुना परीक्षणका लागि प्रतिस्पर्धी न्युनतम शुल्क निर्धारण गरेको छ । ल्याव विशेषज्ञहरुले बिरामीको समस्यासम्बन्धि भरपर्दो परामर्श सेवा उपलव्ध गराउनुहुन्छ ।

सेवाग्राहीले सिधै वेव साइट, भाइबर र ह्वाट्सएपबाट सम्पर्क गर्न सक्ने व्यवस्था छ । साथै हटलाइन नम्बरमा फोन गरेर रिपोर्ट मगाउन सकिने प्रबन्ध निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

सरकारले मेडिकल उपकरण खरिदमा लाग्ने भन्सार शुल्कमा छुट दिएमा सेवाग्राहीलाई अझ सस्तोमा सेवा उपलब्ध गराउन सकिने प्रबन्ध निर्देशक रेग्मीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्