स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा. बाराकोटीलाई महानिर्देशकमा नियुक्त गर्नुभएको हो । मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा. बाराकोटीले बुधबार महानिर्देशकको पत्र बुझ्ने बताइएको छ ।
डा. विकास देवकोटा सचिवमा बढुवा हुनुभएपछि स्वास्थ्य विभागमा महानिर्देशकको पद रिक्त थियो। उक्त रिक्त पदमा डा. बाराकोटीलाई पठाउने निर्णय गरेको सचिवालयले जनाएको छ ।