Logo
|
Friday 26th April 2024
Logo

epaper

वागमति प्रदेशका सबै माध्यमिक विद्यालयहरुमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्था गरिने वागमति प्रदेश स्वास्थ्यमन्त्रीको आश्वासन



जनस्वास्थ्य सरोकार, बनेपा । वागमति प्रदेशका सबै माध्यमिक विद्यालयहरुमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्था गरिने भएको छ ।

वागमति प्रदेशअन्तर्गत पर्ने १३ जिल्लाका १ सय १९ स्थानीय तहका ४५९ माध्यमिक विद्यालयहरुमा एउटा नर्सको व्यवस्था गरिने बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले बताउनुभएको छ । धुलिखेल अस्पतालको २५ औं वार्षिकोत्सवका अवसरमा मन्त्री लामाले सो कुरा बताउनुभएको हो ।

चालू आर्थिक वर्षमा थप ६० वटा विद्यालयमा नर्सको व्यवस्था गर्न बजेट विनियोजनसमेत गरिसकिएको छ । स्वास्थ्यमन्त्री लामाले क्यान्सरलगायतका नसर्ने रोगका बिरामीका लागि सङ्घीय सरकारले दिने एक लाख रुपियाँ उपचार खर्चमाथि प्रदेश सरकारको तर्फबाट थप पचास हजार रुपियाँ सहयोग उपलब्ध गराउने, प्रदेश सरकारले रेडक्रस र ब्लड बैङ्कमा उपलब्ध हुने रगतलाई निःशुल्क गरिएको जानकारी दिनुभयो ।

यस वर्षदेखि धुलिखेल अस्पतालले साउन १ गतेलाई ‘बेसिक लाइफ सपोर्ट डे’ (आधारभूत जीवन सहायता दिन) का रूपमा मनाउने भएको छ । अस्पतालले २५औँ वर्ष प्रवेशका अवसरमा हरेक वर्ष साउन १ गतेलाई ‘बेसिक लाइफ सपोर्ट डे’ का रूपमा मनाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्