Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्यमन्त्री खापुङद्धारा औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको निरीक्षण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मंगलबार औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । निरीक्षण गर्न मन्त्री खापुङसंगै स्वास्थ्य सचिव देवकुमारी गुरागाईँ पनि पुग्नुभएको थियो ।

विभागका महानिर्देशक भरत भट्टराईले मन्त्री, सचिव र मन्त्रालयबाट गएको टोलीलाई विभागको काम कारवाही बारे बताउँदै स्थलगत अवलोकन गराउनुभएको थियो ।

उहाँले सिमित स्रोत साधनका बीच काम गरिरहेको जानकारी गराउनुहुँदै मूल्य समायोजन, भौतिक पूर्वाधार र जनशक्ति अभाव जस्ता समस्याको निराकरण गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो ।

यस्तै राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख पान बहादुर क्षेत्रीले पनि आफ्नो कार्यालयबाट भए गरेका कामहरुबारेमा जानकारी गराउनुभएको थियो ।

यसैबीच मन्त्री खापुङले सरकारको नीति स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्ने रहेको भन्दै औषधि क्षेत्रमा पनि सोही नीति लागू हुने बताउनुभयो ।

उहाँले स्वदेशी औषधि उद्योगको विकासका लागि राज्यले गर्न सक्ने सहयोग गरिदिन समेत आग्रह गर्नुभयो । मन्त्री खापुङले औषधिको मूल्य समायोजनको विषय लामो समय देखि सुन्दै आएको भन्दै यस सम्वन्धी समस्या छिटो टुंगोमा पु र्‍याउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्