Logo
|
Friday 26th April 2024
Logo

epaper

बङ्गलादेशमा क्षयरोगी घट्दै: वार्षिक मृत्यु हुनेको सङ्ख्या चालीस हजार



जनस्वास्थ्य सरोकार, ढाका । बङ्गलादेशमा पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको छ ।

हालैका वर्षमा वार्षिक रूपमा मृत्यु हुनेको सङ्ख्या ४० हजारमा झरेको छ । यो सङ्ख्या १० वर्षअघिको तुलनामा आधा भएको स्वास्थ्यमन्त्री जाहिद मालेकले बताउनुभएको छ ।

“दस वर्ष पहिले क्षयरोगबाट प्रत्येक वर्ष ८० हजार जनाको मृत्यु हुने गर्दथ्यो । यो अहिले ४० हजारमा झरेको छ,” जाहिद मलेकले बुधबार एक कार्यशालामा उल्लेख गर्नुभएको छ । उहाँका अनुसार क्षयरोगका ९७ प्रतिशत बिरामी नियमित औषधि सेवनले निको भइरहेका छन् । क्षयरोग विरुद्धको सरकारको सामुदायिक अधिकार तथा लैङ्गिक कार्य योजना २०२१–२३ सम्बन्धी कार्यशालामा मन्त्रीले स्वास्थ्य विकासको यो युगमा क्षयरोगबाट ४० हजार मानिसको मृत्यु हुनु राम्रो सङ्केत नभएको बताउनुभएको छ ।

“यसको मतलब क्षयरोगबाट दैनिक सय जनाभन्दा बढी मानिसको मृत्यु भइरहेको छ भने हामी कोभिड–१९ बाट एक वा दुई जनाको मृत्युको बारेमा चिन्तित छौँ, यो पुनर्विचार गर्नुपर्छ’, उहाँले भन्नुभएको छ, । यो अवस्था धेरै चिन्ताजनक छ ।’ रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्