Logo
|
Thursday 25th April 2024
Logo

epaper

जन्मदिनमा स्वास्थ्य उपहार !




जनस्वास्थ्य सरोकार, काठमाडौँ । एकजना महिला ३ ठाउँमा थायराइड परीक्षण गराएर चित्त नबुझेपछि चौथोपटक जाँच गराउन हाम्रो ल्यावमा आउनुभयो । उहाँले अन्यत्र गरिएको ल्याव परीक्षणबाट चित्तबुझ्दो परिणाम नआएपछि चौथोपटक थायराइड टेष्ट गर्न आउनुभएको थियो । यसरी हाम्रो समाजमा एक ठाउँमा मात्र टेष्ट गराएर चित्त नबुझ्ने व्यक्तिहरुको कमी छैन र ल्याव परीक्षणप्रतिको विश्वास घट्दो छ । प्रयोगशाला पिच्छे रिपोर्टको मात्रामा केही परिवर्तन हुने कुरा बिरामीले बुझ्न जरुरी हुन्छ ।

एउटै नमुना एक दिनको अन्तरालमा परीक्षण गर्दा फरक रिपोर्ट निस्कन सक्छ । प्रयोगशाला पिच्छै धेरै फरक भ्याल्यु आउन हुँदैन । प्रोटोकल पालना गरेर भरपर्दो रिपोर्ट उपलब्ध गराएर विश्वास जित्नुपर्छ ।


रोग पहिचान, उपचार र फलोअपका लागि गुणस्तरीय ल्याव परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ । ल्यावमा आवश्यक पर्ने वातावरण र मापदण्डअनुसारको संरचना जरुरी पर्छ । काठमाडौंमा गुणस्तरीय रिपोर्ट दिने प्रयोगशालाहरुको कमी महसुस गरी गुणस्तरीय ल्याव किन स्थापना नगर्ने भनेर ५ करोड भन्दा बढी लागतमा रिद्धिसिद्धि डायग्नोष्टिक शुरु गरेको हो ।

गुणस्तरप्रति निकै सजग र सचेत छौं । सामान्य ल्याव टेष्टका लागि पनि ठूलो धनराशी बाहिरिने गरेकाले स्वदेशमै धेरै परीक्षणहरु गर्न सकिने अभियानमा अघि बढेका छौं ।

वेलनेसप्रति केन्द्रित
आजकल धेरैजसो घरमा मधुमेह, उच्चरक्तचापका बिरामीहरु पाइन्छन् । रोग लाग्नभन्दा अगाडि नै समस्या पहिचान गरी सम्भावित खतराबाट जोगिनु बुद्धिमानी हुन्छ । रोग लागिसकेपछि मात्र परीक्षण गर्ने होइन । वर्षमा एकपटक नियमित स्वास्थ्य परीक्षण गरेर आफू स्वस्थ्य भएको प्रमाणित गर्न जरुरी हुन्छ । नियमित स्वास्थ्य जाँच गरेर वोर्डर लाइनमा समस्या पहिचान गर्नुपर्छ । त्यसपछि जीवनशैलीमा परिवर्तन गरेर सहज रुपमा सम्भावित खतराबाट जोगिन मद्धत पुग्छ । त्यसैले नियमित रुपमा स्वास्थ्य जाँच गराउन जरुरी छ ।


जन्मदिनमा हेल्थ प्याकेज
आफ्नो जीवन रहे त सवै थोक हुन्छ । स्वास्थ्य आफ्नो स्वास्थ्यमा लगानी गर्नुपर्छ । स्वास्थ्यका लागि वचत गर्नुपर्छ । कसैलाई उपहार दिनुपरेमा स्वास्थ्य उपहार दिनुपर्छ भनेर हेल्थ भौचरको प्रणाली विकास गरेका छौं । जन्मदिनलगायत विभिन्न उपलक्ष्यमा उपहार दिँदा जनरल हेल्थ प्याकेजदेखि कम्प्रिहेन्सिभ सम्मको हेल्थ प्याकेज खरीद गरेर दिन सकिन्छ । आफ्नो बुवाआमाको स्वास्थ्यलाई ख्याल गरेर मदर्स डे, फादर्स डे आदिमा यस प्रकारका हेल्थ प्याकेज खरीद गरेर स्वास्थ्य उपचार दिन सकिन्छ । यो प्रणालीभित्र ३ हजारको जनरल प्याकेजदेखि १२ हजारसम्मको कम्प्रिहेन्सिभ प्याकेजसम्मको सुविधा उपलब्ध हुन्छ ।
(डा. कविता रिद्धिसिद्धि डायग्नोष्टिक एण्ड रिसर्च सेन्टरमा कार्यकारी निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्