Logo
|
Friday 26th April 2024
Logo

epaper

​देशभर डेंगु संक्रमितको संख्या १६ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । ​देशभर डेंगु संक्रमितको संख्या १६ हजार पाँच सय ८७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आइतबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ ।

हालसम्म ललितपुरमा संक्रमितको संख्या चार हजार ६ सय सात पुगेको छ भने काठमाडौंमा चार हजार चार सय ५४ जनालाई डेंगु संक्रमण भएको छ । सबैभन्दा बढी संक्रमित हुने अन्य जिल्लामध्ये मकवानुपरमा एक हजार पाँच सय ९७, दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९ र भक्तपुरमा १३ जनामा डेंगु देखिएको छ।

महाशाखाका अनुसार मुस्ताङ र जुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ । अझ सहरी इलाकामा यसको संक्रमण तीव्र छ । महाशाखाको तथ्यांकअनुसार बागमती प्रदेशमा १२ हजार चार सय एक, लुम्बिनीमा दुई हजार चार सय २२, प्रदेश १ मा पाँच सय चार, मधेस प्रदेशमा दुई सय ८२, गण्डकीमा तीन सय २२, सुदूरपश्चिममा चार सय ९३ र कर्णालीमा दुई सय तीनजना डेंगु संक्रमित भेटिएका छन्।

डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २५ दिनयता १६ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् । त्यसमध्ये निसर्ग अस्पताल कैलालीमा ३५ महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष र ६३ वर्षीया महिला, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ।

त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला, ३५ वर्षीय पुरुष, नर्भिक अस्पतालमा ३७ वर्षीया महिला, शुभेच्छा इन्टरनेसनल हस्पिटल काठमाडौंमा १२ वर्षीय पुरुष, ओम अस्पतालमा २३ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तीनजना डेंगु र कोभिड– १९ दुवैबाट संक्रमित थिए ।

देशभर डेंगु संक्रमितको संख्या १६ हजार पाँच सय ८७ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आइतबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ । हालसम्म ललितपुरमा संक्रमितको संख्या चार हजार ६ सय सात पुगेको छ भने काठमाडौंमा चार हजार चार सय ५४ जनालाई डेंगु संक्रमण भएको छ । सबैभन्दा बढी संक्रमित हुने अन्य जिल्लामध्ये मकवानुपरमा एक हजार पाँच सय ९७, दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९ र भक्तपुरमा १३ जनामा डेंगु देखिएको छ ।

महाशाखाका अनुसार मुस्ताङ र जुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ । अझ सहरी इलाकामा यसको संक्रमण तीव्र छ । महाशाखाको तथ्यांकअनुसार बागमती प्रदेशमा १२ हजार चार सय एक, लुम्बिनीमा दुई हजार चार सय २२, प्रदेश १ मा पाँच सय चार, मधेस प्रदेशमा दुई सय ८२, गण्डकीमा तीन सय २२, सुदूरपश्चिममा चार सय ९३ र कर्णालीमा दुई सय तीनजना डेंगु संक्रमित भेटिएका छन्।

डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २५ दिनयता १६ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन्। त्यसमध्ये निसर्ग अस्पताल कैलालीमा ३५ महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष र ६३ वर्षीया महिला, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ।

त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला, ३५ वर्षीय पुरुष, नर्भिक अस्पतालमा ३७ वर्षीया महिला, शुभेच्छा इन्टरनेसनल हस्पिटल काठमाडौंमा १२ वर्षीय पुरुष, ओम अस्पतालमा २३ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तीनजना डेंगु र कोभिड– १९ दुवैबाट संक्रमित थिए।

प्रतिक्रिया दिनुहोस्