Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबीस घण्टामा १ हजार १११ जना डेँगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ । बितेको चौबीस घण्टामा डेँगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेँगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेँगुका बिरामी भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्