Logo
|
Tuesday 7th May 2024
Logo

epaper

आयुर्वेदका जन्मदाताः धन्वन्तरी जसले वनस्पतिहरूमाथि अध्ययन गरेर तिनका राम्रा नराम्रा प्रभाव एवं गुण पत्ता लगाए



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्ती । यो दिवस कार्तिक कृष्णपक्षको त्रयोदशी अर्थात कागतिहारको दिन पर्दछ । जसलाई धनतेरस पनि भनिन्छ । धनतेरसका दिन भगवान् धन्वन्तरिको विशेष पूजा हुन्छ ।

धन्वन्तरिलाई आयुर्वेदको जन्मदाता एवं देवताहरूको चिकित्सक मानिन्छ । उनले विश्वभरिका वनस्पतिहरूमाथि अध्ययन गरेर तिनका राम्रा नराम्रा प्रभाव एवं गुण पत्ता लगाए । भगवान् विष्णुका २४ अवतारमध्ये धन्वन्तरी १२औं अवतार हुन् ।

यस वर्ष ‘स्वस्थ पर्यावरण र मानव स्वास्थ्यका लागि आयुर्वेद’ भन्ने नाराका साथ भव्यताका साथ देशव्यापी मनाइएको छ ।
यस अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघले स्वदेश एवं विदेशमा रहनु भएका आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी, संचारकर्मी, आयुर्वेद व्यवसायी, औषधि उत्पादक, विद्यार्थी एवं आयुर्वेद चिकित्सा पेशा संग सम्बन्धित सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ ।


विश्व स्वास्थ्य संगठनको एक स्वास्थ्य (वन हेल्थ) रणनीति बमोजिम सम्पूर्ण प्राणी एवं पर्यावरणको स्वास्थ्यलाई ध्यानमा राखिएको छ ।

यद्यपी राष्ट्रिय आरोग्य दिवसले आयुर्वेद चिकित्साको पहिचान र विस्तारमा थप योगदान दिन सकोस भन्ने शुभकामना व्यक्त गर्दछौं – संघका अध्यक्ष डा. श्यामबाबु यादवले नागरिकले चाहेको स्वास्थ्य सेवा लिन पाउने नैसर्गिक हकको सुनिश्चितताका लागि नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्दति आयुर्वेदको सर्वांगीण विकास जरुरी भएको आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्